१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अध्यक्ष ओली सहभागी कार्यक्रममा ढुंगामुढा गरेकोप्रति एमाले सचेतक गिरीको आपत्ति


949
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अबाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्धारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुडा गर्ने काम गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुडा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता खालको हर्कत हुन्छ भने एमालेलाई सैह्य नहुने चेतावनी समेत दिनुभयो ।

प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्षजस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि सत्तारुढ दल र सरकारलाई सचेत गराउनुभयो ।