
एजेन्सी । रुस–युक्रेन युद्ध अन्त्य गराउने अभियानमा जुटेका चिनियाँ राष्ट्रपति सी जिनफिङले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीसँग टेलिफोन संवाद गर्नुभएको छ ।
चिनियाँ दैनिक पिपुल्स डेलीका अनुसार संवादका क्रममा राष्ट्रपति सीले रुस–युक्रेन युद्ध अन्त्यका लागि रचनात्मक पहल थालेको बताउनुभएको हाे । राष्ट्रपति जेलेनेस्कीलाई युद्धको आगोलमा घ्यु नथप्ने आश्वासन समेत राष्ट्रपति सीले दिनुभएको पिपुल्स डेलीले उल्लेख गरेको छ ।
गत महिना रुसको भ्रमण गरेर रुसी राष्ट्रपति समक्ष युद्ध अन्त्यका लागि १२ बुँदे प्रस्तावमा छलफल गर्नुभएका राष्ट्रपति सीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग संवाद गरेको भने यो पहिलो पटक हो । पश्चिमा देशहरुले चीनको प्रस्तावको विरोध गर्दै आएका छन् ।
राष्ट्रपति सीले आफ्ना विशेष दूतलाई युक्रेन पठाउने विषयमा पनि राष्ट्रपति जेलेन्स्कीसँग छलफल गरेको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्