२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची


91
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएकाे छ ।

नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने भएकाे हाे। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।