
काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
राजु गिरीको निर्देशन तयार भएको चलचित्रको बिहीबार दोस्रो पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त पोस्टरमा चलचित्रका मुख्य पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल र किरण नेपाली फिचर्ड रहेका छन्।
आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा राजेन्द्र खड्गी, बुद्धि तामाङ, सविन बास्तोला, विनोद न्यौपाने र गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्शनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद रहेको छ ।
सरोज खाती, सविन खाती र मनोज रिजालले चलचित्रमा लगानी गरेका छन् । चलचित्रले ७० वर्षअघिको नेपाली समाजको कथा चित्रण गर्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्