२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नवलपरासीमा सामसुङद्वारा टेलिभिजन कारखानाको उद्घाटन


5.122k
Shares

काठमाडौं । सामसुङले स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनी मध्येको एक दावी गर्दै आएकाे छ ।

सामसुङले नेपालमा वर्षौदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टेलिभिजन कारखानाको बुधबार उद्घाटन गरेको हाे। कारखानाको बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यो नेपालमा बहुराष्ट्रिय कम्पनीद्वारा निर्माण गरिएको पहिलो इलेक्ट्रोनिक्स उत्पादन सुविधायुक्त कारखाना भएको कम्पनीको दावी छ । साेही अवसरमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने उल्लेख गर्नुभयो ।

विश्वकै सबै भन्दा बृहत इलेक्ट्रनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुचि देखाउनु मुलुकका लागि महत्वपूर्ण संकेत भएको पनि उहाँले बताउनुभयो ।