८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेस सत्ता राजनीतिमा केन्द्रित हुँदा देशमा गम्भीर अवस्था सिर्जना भएको नेता सिंहको भनाई


767
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले राजनीतिक दलहरुले जनअपेक्षा गरेअनुरुप काम गर्ने नसकेकै कारण जनतामा असन्तुष्टि बढेको बताउनु भएकोछ ।

बिहिबार नेपाली कांग्रेस काठमाडौ जिल्लाको पूर्ण बैठकमा बोल्दै नेता सिंहले यस्तो बताउनु भएको हो । भर्खरै सम्पन्न उपचुनाव मार्फत जनताको चासो प्रस्ट भएकाले दलहरुले बेलैमा कमीकमजोरी सच्याएर जानुको विकल्प नभएको बताउनु सिंहको भनाई थियो ।

उहाँले समयको माग अनुसार कांग्रेसले कार्यशैलीमा रुपान्तरण गर्न नसके अप्ठ्यारो पर्ने अवस्था आउने समेत बताउनु भयो । नेता सिंहले सत्ता र शक्तिको राजनीतिमा मात्रै केन्द्रित हुँदा यस्तो परिस्थिति सिर्जना हुन पुगेको उल्लेख गर्नुभयो । कांग्रेस मूल्यमान्यता र आदर्शको राजनीतिबाट बिमुख भएकाले परिस्थिति जटिल बन्दै गएको नेता सिंहले बताउनुभयो ।

उप चुनावको नतिजालाई कांग्रेसले गम्भीरताका साथ लिनु पर्ने समेत नेता सिहको भनाई छ । उहाँले कांग्रेसले पुराना नेता कार्यकर्ताको उचित सम्मान र नयाँ पुस्तालाई साथ लिएर जान नसक्नु कांग्रेसको मुख्य कमजोरी भएको भन्दै यसको उचित ब्यवस्थापन गर्न तर्फ लाग्नु पर्नेमा जोड समेत दिनुभयो ।

काठमाडौं जिल्ला सभापति सबुझ बानियाँलेको सभापतित्वमा बसेको बैठक बिहिबार र शुक्रबार गरी दुईदिनसम्म चल्नेछ बैठकले काठमाडौं जिल्लाको पार्टी संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णय लिने सभापति बानियाँले जानकारी दिनुभयो ।