२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

भारतीय अभिनेत्री क्रिसन परेरा जेलमुक्त


1.222k
Shares

एजेन्सी । भारतीय अभिनेत्री क्रिसन परेरा पक्राउ भएको २७ दिनपछि जेलमुक्त भएकी छन् ।

क्रिसनलाई करिब चार साताअघि संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले पक्राउ गरी जेलमा राखेको थियो । क्रिसन लागूऔषध मुद्दामा पक्राउ परेकी थिइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार क्रिसन युएईको शारजाह एयरपोर्टमा अवतरण हुनेबित्तिकै उनलाई त्यहाँ उपस्थित प्रहरी अधिकारीहरूले पक्राउ गरेका थिए।

क्रिसनको भाइ केभिन परेराले बुधबार क्रिसनको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्, जसमा उनी जेलबाहिर देखिएकी थिइन्। उनलाई यसरी बाहिर देखेर उनका सबै परिवार खुशी भएका छन् । भिडीयो सार्वजनिक गर्दै केभिनले लेखेका छन्– ‘क्रिसन स्वतन्त्र छिन्, उनी अब ४८ घण्टामा भारत फर्कदै छिन् ।’

क्रिसनको परिवारले उनलाई फसाइएको आरोप लगाएपछि यस विषयमा अनुसन्धान सुरु भयो। अनुसन्धानपछि पल नामका मास्टरमाइन्डले क्रिसनकी आमासँग बदला लिन यो षड्यन्त्र रचेको खुलासा भयो ।

मुम्बई क्राइम ब्रान्चले अनुसन्धानका क्रममा कुकुरलाई लिएर परेको सानो झगडाका कारण क्रिसन र उनको परिवारलाई फसाउन यो षड्यन्त्र गरेको पत्ता लगाएको छ ।