
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्या समाधान गर्न सम्भव भएको बताउनु भएको छ ।
बिहिबार भूमि आयोगका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले यस्तो बाउनु भएको हो । प्रधानमन्त्री दाहालले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन समेत दिनुभयो ।
गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई गम्भीरताका साथ बुझेर काम गर्न पनि निर्देशन दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री दाहालले सुकुम्वासी, अव्यवस्थित बसोबासी लगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन अगोगका पदाधिकारीलाई निर्देशन दिनुभयो ।
उहाँले धेरै वर्षदेखि एउटै समस्यामा अल्झिरहेकाले त्यसलाई सदाका लागि समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्