
काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र ‘दिमाग खराब’ मा दीपकराज गिरी र निश्चल बस्नेतको सहकार्य नहुने भएको छ ।
चलचित्र ‘छक्का पञ्जा ४’को ५१औं दिने सफलताको कार्यक्रममा दीपकराजले चलचित्रमा काम गर्ने विषयमा छलफल भए पनि विभिन्न कारणले सहकार्य सम्भव नभएको बताएका छन् ।
उनले भने, ‘कुरा भएको हो । तर, धेरै ‘टर्म एन्ड कन्डिसन’ले गर्दा हुन सकेन । मैले त्यो प्रोजेक्टमा आफूलाई पाइनँ । कुरा यत्ति मात्र हो ।’
स्क्रिप्ट चित्त नबुझेर त होइन ? भन्ने प्रश्नमा दीपकराजले आफूलाई स्क्रिप्ट चित्त नबुझेको भन्न अधिकार नभएको बताएका छन् ।
चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल पहिले नै अनुबन्धित भएको र चलचित्रका लागि दीपकराजको समूहलाई पनि जोड्ने प्रयास निश्चलको रहेको बताइएको छ ।
रौनक विक्रम कँडेलले निर्माण गर्न लागेको चलचित्रको प्रदर्शन मिति भने कात्तिक २४ गतेलाई तय गरिएको छ । चलचित्रको छायंकन भने सुरु गरिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्