२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेको दाबी पेस


169
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको दाबी पेस भएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले बैशाख १२ गते तीन दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रदेश प्रमुखले बिहीबार ४ बजेसम्मको समयसीमा तोकेकोमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यहरुको हस्ताक्षरसहित सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस भएको छ ।

नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र एकीकृत समाजवादीका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको छ ।

कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गरेका थिए ।