१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गण्डकीमा पाण्डे नयाँ मुख्यमन्त्री नियुक्त


1.157k
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रलेश सभा सदस्य सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।

बिहिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । केन्द्रमा सत्ता गठबन्धनमा सहभागी दलहरुका समर्थनमा पाण्डे गण्डकीको मुख्यमन्त्री बन्नु भएको हो ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत जुटाउनु भएका पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादीका ७ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदको समर्थन रहेको छ । पाण्डेले उनीहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।

यस अघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएका खगराज अधिकारीले यही वैशाख ९ गते प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो । तर अधिकारीले विश्वासको मत पाउन सक्नु भएन । त्यसपछि गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाएको हो । नवनियुक्त मुख्यमन्त्री जाण्डेको सपथ भने शुक्रबार हुनेछ ।