१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानप्रति सरकार संवेदनशील : अर्थमन्त्री महत


104
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सरकार बजेट ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ।

विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले आर्थिक क्षेत्रमा देखिएका निरासाप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

उहाँले मौद्रिक नीतिलाई खुकुलो गर्नुपर्ने अवस्था आइसकेको बताउनुभयो ।

अर्थमन्त्री महतले यस विषयमा औपचारिक र अनौपचारिक रुपमा राष्ट्र बैंकको नेतृत्वलाई आफुले जानकारी गराइसकेको बताउँदै नीतिगत निर्णय आउने विश्वाससहित पर्खेर बसेको बताउनुभयो ।