
दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही-तुलसीपुर ४ लेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताउनुभएको छ ।
दाङमा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले ४ वर्षदेखि अलपत्र घोराही तुलसीपुरको ४ लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने जानकारी दिनुभयो ।
उहाँले नयाँ प्रक्रियामा जाँदा केही समय लाग्ने भएकाले नेपाल सरकारबाटै बजेट छुट्याएर सडक मर्मत सम्भार अघि बढाइने बताउनुभयो ।
४ वर्षदेखि अलपत्र घोराही तुलसीपुर सडकबारे यहाँका जनप्रतिनिधिले चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको थियो । केही समयअघि सडक संघर्ष समितिले सांसदलाई जिल्ला प्रवेश निषेधको ब्यानर समेत टाँगेर विरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्