२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिग फुटबलका बाँकी १३ चरणको खेल तालिका सार्वजनिक


923
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता जेठ २७ गते सकिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार लिग जेठ २७ गते सकिने भएको हो ।

एन्फाले बिहीबार लिगको बाँकी १३ चरणको तालिका सार्वजनिक गरेको छ । यसअघि एन्फाले १३ चरणसम्मको तालिका सार्वजनिक गरेको थियो ।

तालिका अनुसार लिगको अन्तिम खेलमा शीर्ष स्थानमा रहने र दोस्रो स्थानमा रहेको टोलीबीच खेल हुने छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा जारी लिगको पहिलो चरण खेलहरु सकिएको छैन । १२ चरणसम्म जावलाखेल युथ क्लब शीर्ष स्थानमा रहेको छ ।

पुलिस क्लब पुछारमा रहेको छ ।