१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण : गभर्नर अधिकारी


351
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनुभएको छ ।

बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षको भन्दा घटेको बताउनुभयो । उहाँले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनुभयो ।

उहाँले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताउनु भयो। उहाँले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका बताउनुभयो । उहाँले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको बताउनुभयो ।

गभर्नर अधिकारीले १० बिलासी वस्तुको आयात रोकेपनि शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताउनुभयो ।

उहाँले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताउनुभयो । उहाँले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गर्नुभयो । गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधार हुँदै आएको बताउनुभयो ।

त्यस्तै, पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटेपनि जोखिम बढ्नसक्ने बताउनुभयो । उहाँले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्नसक्ने उल्लेख गर्नुभयो । उहाँले कोरोनापछि राष्ट्र बैंकले उदार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताउनुभयो । उहाँले राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले लिने मौद्रिक नीति माध्येमार्गि हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताउनुभयो । उहाँल व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले नितिगत व्यवस्था कटौति गरेर कोरोना कालमा अर्थतन्त्र चलायमान गरेको दाबी गर्नुभयो ।