
काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको टिकापुर नगरपालिकाका कृतकबहादुर साउद पक्राउ परेको प्रहरीले जनाएको छ ।
साउदले आकर्षक रोजगारीका लागि पोर्चुगल पठाउने भन्दै दिनेश बमसँग १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेका थिए ।
आफूहरुसँग नगद लिएपछि कृतकबहादुर सम्पर्कविहीन भएको पीडितको गुनासो छ । उनीहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
उनलाई प्रहरीले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्