१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज पहाडी भू–भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना


364
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।