
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ ।
मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लिनु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
शर्मा पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
उहाँले यसअघि दुईपटक विश्वासको मत लिइसक्नु भएको छ । उहाँले माघ ६ गते र चैत १७ गते संसदसमक्ष विश्वासको मत लिनु भएको थियो ।
चैत २७ गते नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्