
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ ।
माओवादी विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला तोडिएको प्रसंगमा सामाजिक सञ्जाल मार्फत मेयर साहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने बताउनुभएको हो ।
अमूक दलगत विद्यार्थी संगठनको ताला तत्काल तोडेर दुष्प्रयास विफल बनाएको पनि उहाँले बताउनु भएको छ । ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना पनि गर्न सक्दैनौँ,’ उहाँले भन्नुभएको छ ।
महानगरपालिकाले विद्यालयमा विद्यार्थी संघ संगठन बनाउन नपाउने निर्देशन जारी गरेको विरोधमा बिहीबार अनेरास्ववियु क्रान्तिकारीले शिक्षा विभागमा तालाबन्दी गरेकोमा महानगरले हिजै ताला तोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्