
एजेन्सी । भारतीय अभिनेत्री जिया खान आत्महत्या प्रकरणको फैसला १० वर्षपपछि आज दिउँसो हुने बताइएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार यसका लागि अभिनेता तथा जियाका प्रेमी सुरज पञ्चोली मुम्बईको विशेष सीबीआई अदालत पुगेका छन् । जियाले ३ जुन २०१३ मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेकी थिइन् ।
जियाकी आमाको उजुरीमा आत्महत्या प्रकरणका आरोपित सुरज पक्राउ परेका थिए । तर, केही समय जेल बसेर धरौटीमा जेलमुक्त भएका सुरजको १० वर्षपछि फैसला आउन लागेको हो ।
जियाको घरबाट प्रहरीले ६ पृष्ठको सुसाइड नोट प्राप्त गरेको थियो । जसका जिया सुरजसँगको ब्रेकअपका कारण आफु निकै दुखी भएको उल्लेख गरेकी थिइन् । यसपछि जियाकी आमा राबिया खानले सुरजविरुद्ध मुद्दा दायर गरिन् ।
जियाले आफ्नो डेब्यू फिल्ममा अमिताभ बच्चनसँग काम गरेकी थिइन् । राम गोपाल वर्माको निर्देशनमा बनेको यो फिल्मको नाम ‘निशब्द’ थियो । त्यसपछि उनले आमिर खानको ब्लकबस्टर फिल्म ‘गजनी’ मा काम गरिन्। उनको अन्तिम फिल्म अक्षय कुमार स्टारर ‘हाउसफुल’ थियो।
गजनी र हाउसफुल दुवै फिल्मले १०० करोडभन्दा बढीको व्यापार गरेका थिए । त्यस्तै सुरजले सलमान खानले निर्माण गरेकाे फिल्म ‘हिराे’ बाट बलिउडमा डेव्यू गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्