
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।
सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्