
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा प्राविधिक उडान परीक्षण भएको छ ।
नेपाल वायुसेवा निगमको एअरको नाइनएन एबीटी जहाजले काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ०६:४६ मा उडान भरी ७ बजेर ४२ मिनेटमामा रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो ।
निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले परीक्षण उडान गरेको निगमका प्रवक्ता रमेश पाैडेले बताउनु भयाे ।
२०६३ सालदेखि निर्माणकार्य सुरु गरिएको विमानस्थलकाे १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ ।
रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो । लामो समयपछि जहाज चढेर काठमाडाैँ जाने गुल्मीवासीहरुको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका मेयरखिलध्वज पन्थीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्