१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘हल्कारा’ले प्राप्त गरेको अन्तराष्ट्रिय अवार्ड काठमाडाैंमा हस्तान्तरण


39
Shares

काठमाडाैं । चलचित्र हल्काराका अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’बाट प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ ।

गत वर्ष ५५ औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो । यो चलचित्र नेपालमा यहि बैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

बिहीबार अस्कर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुसँग एक कार्यक्रम गर्दै अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड प्राप्त गरेसँगै त्रिपाठीले स्तरिय काम गर्‍यौ भने विश्वस्तरमा नै प्रतिस्पर्धा गरी सफल समेत हुन सक्छौँ भन्ने आत्मविश्वास पलाएको बताए ।

यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गरेका छन् ।

महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्ने छ ।