११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


चुनावमा गरेका बाचा पूरा गर्न क्रियाशील छु : चिरिबाबु महर्जन


91
Shares

काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले चुनावका समयमा गरेका बाचा पूरा गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ ।

महानगरले शुक्रबार आफ्नो योजना तर्जुमा, विकास निर्माणदेखि सेवा प्रवाहका सम्बन्धमा नगरबासीसँग गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो कार्यकालसम्म आफुले प्रतिवद्धता जनाएका सबै काम पूरा गर्ने भन्दै नगरबासीलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

महानगरले योजना तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा सुधारकालागि नगरबासीको सुझाब लिन सार्वजनिक सुनुवाइ आयोजना गरेको जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरले सम्पन्न गरेका बिकास निर्माण र आगामी दिनमा गर्ने कार्ययोजना बारे जानकारी गराउनु भएको थियो ।

सार्वजनिक सुनुवाइमा उपस्थित नगरबासीहरुले फोहर ब्यवस्थापन, पानी, सडकलगायतका समस्या र सार्वजनिक सम्पत्ति सरक्षण बारे आवाज उठाएका थिए ।