१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विधायन व्यवस्थापन समितिको सभापति चयन बैशाख २५ हुने


91
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही बैशाख २५ गते हुने भएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराउनु भएको हो ।

त्यस अवसरमा उहाँले सो निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिनुभयो ।

त्यसैगरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभाबाट प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ ।

अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गर्नुभएको सो नामावलीलाई बैठकले सहमति दिएको हो ।