
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो ।
पार्टीको तर्फबाट सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहसचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढीरहेको भन्दै अवाञ्छित गतिविधि प्रधानमन्त्री स्वयं संरक्षक बनेको बताउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मुकदर्शक बनेको बताउनुभयो । उहाँले यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमा झैँ मनोमानी बढ्ने बताउनुभयो । उहाँले समाज एक ढंगले अराजकता जाने स्थितिमा जान खोजेको बताउनुभयो ।
उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्