२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशमा प्रचण्डपथ लागु हुन सक्दैन : योगेश भट्टराई


572
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो ।

पार्टीको तर्फबाट सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश नामाकरणको विरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि नेकपा (माओवादी केन्द्र)का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।

उहाँले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताउनुभयो । उहाँले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी दिनुभयो ।

सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताउनुभयो ।