२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


1.105k
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ ।

च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

संकटा पाँचौं तथा जावलाखेल आठौं जितको योजनामा हुनेछ ।

संकटा १५ अंक जोडेर ११ औं स्थानमा रहँदा जावलाखेल २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै, शनिबार दिउँसो ३ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन शेर्पा चौथो तथा आर्मी छैटौं जितको खोजीमा हुनेछ ।

हिमालयन १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने आर्मी १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यसैगरी, शनिबार साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज र मनाङ दुवै पाँचौं जितको योजनामा हुनेछन् ।

चर्च ब्वाइज १८ अंक जोडेर पाँचौं स्थानमा रहँदा मनाङ १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।