
एजेन्सी । दक्षिण अफ्रिकी मुलक बुर्किना फासोमा रहेकाे सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गर्दा ३३ जना सैनिकको मृत्यु भएको छ ।
घटनामा १२ जना घाइते भएका हुन् । सेनाले ४० जना विद्रोहीलाई मारेको केही समयमै विद्रोहीले सैन्य शिविरमाथि आक्रमण गरी यति ठूला क्षति पुर्याएकाे हाे ।
बुर्किना फासोमा सन् २०१५ देखि विद्रोहीको संघर्ष जारी रहँदा हालसम्म दुवैतर्फ गरी १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ। लाखौं मानिसहरू विस्थापित भइसकेका छन् ।
पछिल्लो समय विद्रोही समूहले सर्वसाधारण नागरिकलाई निशाना बनाउन थालेसँगै सेनाले विद्रोही विरुद्धको कारबाही तीव्र पारेको हो ।
प्रतिक्रिया दिनुहोस्