
काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । तर, व्यवस्थित हुन भने सकेको छैन । संरक्षण र व्यवस्थापनको अभावमा पार्कहरु छिन्नभिन्न छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् ।
पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीबासी घुम्न निस्कन्छन् ।
लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । तर अधिकांश पार्कहरूको नियमित रुपमा मर्मत तथा व्यवस्थापन हुन सकेको छैन ।











प्रतिक्रिया दिनुहोस्