
काठमाडौं । गायक प्रविण बेडवालकाे स्वर रहेकाे ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक भएको छ ।
कवि मनोज सुवेदीको शब्द/रचना, महेश खड्काको संगीत र महाराज थापाकाे एरेन्ज रहेकाे गीत सार्वजनिक भएको हो ।
साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना यस गीतमा पाइन्छ ।
गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको छ । भिडियोमा गायक बेडवाल र गीतकार सुवेदीकाे अभिनय रहेकाे छ । भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छन् भने मुकेश हुमागाईंको छायांकन र बिनोद बमको सम्पादन रहेको छ ।
गीतमा रमेश सेन्चुरीले अडियो मिक्सिङ्ग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्