
काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनीत चलचित्र ‘दौँतरी’ मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् ।
मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको यस चलचित्रमा गरिमा शुक्रबार अनुबन्धित भएकी हुन् ।
लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा आर्यन र गरिमासँगै मुकुन भुसाल र साक्षी लम्सालको मुख्य भूमिका रहने छ ।
छिरिङ तेन्दुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले निर्माता रहेको चलचित्रको छायांकन वैशाख अन्तिमबाट सुरु गर्ने तयारीमा निर्माण टिमको रहेको छ ।
चलचित्र पारिवारिक र प्रेम कथामा बन्ने भएको निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्