
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले किराँतीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताउनुभएकाे छ ।
होटल एशोशिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनभएकाे हाे । उहाँले शहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण पनि गराउनुभयो । उहाँले बैंक तथा वित्तिय संस्थालाई ‘नयाँ शोषक’ कोे संज्ञा दिनुभएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किराँतीले बताउनुभएको हाे । छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री किराँतीले पहिले शोषकहरु दौरा-सुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताउनुभयो । प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यक्ता भएकाे मन्त्री किराँतीले बताउनुभयाे । होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने समेत बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्