१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पहिचान पक्षधरको अबरोधका कारणकोशी प्रदेशका मुख्यमन्त्री धनकुटा जान सकेनन्


7.176k
Shares

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाइ धनकुटाको भेडेटार जान अबरोध गरिएको छ । एमालेको कोशी प्रदेश भरीका केन्द्रिय सदस्यहरुको बैठकमा भागलिन जानेक्रममा पहिचानबादी पक्षधरहरुले अबरोध गरेपछि उनी धनकुटा जान पाएनन् ।

भेडेटारको नाम्जेमा एमालेले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री नाम्जे जाने कार्यक्रम रहेको थियो । मुख्यमन्त्री नाम्जे जाने भएपछी सुनसरी प्रहरीले धरान, इटहरी, दुहबी र चारकोसे जङ्गलमा ब्यापक प्रहरी परिचालन गरेको थियो । तर, कोशी प्रदेश खारेजीको माग राखेर पहिचानवादीहरु सडकमा आन्दोलन गर्न थालेपछि मुख्यमन्त्रीको धनकुटा जाने कार्यक्रम स्थगित भएको प्रहरीले बताएको छ ।

पहिचानवादीहरुले धरानको विभिन्न स्थानमा भेला भएर मुख्यमन्त्रीविरुद्ध पर्दशन गरेका थिए । जसपाका नेता सागर चेम्जोङले एकतर्फी रुपमा मुख्यमन्त्री कार्कीले प्रदेश १ को नाम कोशी राखेकाले किराती बाहुल क्षेत्रमा उनलाई प्रबेशमा प्रतिबन्ध लगाइएको बताए ।

उनले मुख्यमन्त्री भेडेटार आउने कार्यक्रम स्थगित भएको सुरक्षा निकायबाट जानकारी आएकाले पहिचानबादीहरुले सडक आन्दोलन छाडेको बताए । एमाले पोलिटब्युरो सदस्य बिशाल भट्टराईले मुख्यमन्त्री कार्की बैठकमा उपस्थित नभए पनि कार्यक्रम शान्तिपुर्वक सूचारु भएको बताए ।

सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले सुनसरीको बाटो हुदै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आउने खबर प्राप्त भएका कारण सुनसरीको सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले भिआइपीहरुलाई सुरक्षा प्रदान गर्नु प्रहरीको कर्तव्य भएको बताए । एसपी ढकालले सडकमा भेला भएर शान्ति सुरक्षा खलबल बनाउने जोकोहीलाइ पनि कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।