
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको छ ।
सरकारले संसदमा पेश गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षे हदम्याद स्वीकार्य नहुने उहाँको अडान थियो ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले गरेको कार्यक्रममा उहाँले सो प्रस्ताव सिंगो देशलाई मान्य नहुने पनि बताउनुभयो । महामन्त्री शर्माले भ्रष्टहरुलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने दोहो¥याउनु भयो । उहाँले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढंगले कानूनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिनु भयो । उहाँले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्