१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले राहतस्वरुप दिन लागेको रकमको विरोध नगर्न बहिर्गमित जनमुक्ति सेनाको आग्रह


2.561k
Shares

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले राहत स्वरुप दिन लागेका दुई लाख रुपैयाँको विरेध नगर्न सांसदहरुलाई चेतावनी दिएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले रकम राहतको रुपमा दिन लागेको उल्लेख गर्दै त्यसको बिरोध नगर्न संघीय संसद र सांसदहरुलाई चेतावनी दिएको हो ।

संगठनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफूहरुलाई २ लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको उल्लेख गर्दै त्यसको विरोध गर्नुपर्ने कुनै कारण नरहेको दावी समेत गरेको छ ।