
रौतहट । रौतहटको चन्द्रपुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाली सेनाको वीर दल गण रौतहटले जनहित कार्यका लागि चन्द्रपुर–८ स्थित शिवशक्ती आधारभूत आवासिय विद्यालय मोतिपुरमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा झण्डै एक हजार बिरामीको उपचार गरिएको छ ।
चन्द्रपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, चन्द्रपुर हस्पिटल प्रालि, चन्द्रनिगाहपुर अस्पताल, औषधी व्यवसायी संघ, प्रभु बैंक, ग्रामीण विकास केन्द्र सहितको सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको जाँच र औषधीसमेत निःशुल्क वितरण गरिएको थियो ।
आर्थिक अवस्था कमजोर रहेका परिवारका बिरामी शिविरबाट लाभान्वित भएका छन् ।
शिविरमा आँखा, बाल रोग, मधुमेह, निमोनिया, स्त्रीरोग, दम, हाड जोर्नीसहितका बिरामीको उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्