१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीलाई लक्षित गरी भएको हमलाप्रति युवा संघद्वारा भर्त्सना


715
Shares

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी भएको हमला प्रति एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले भर्त्सना गरेको छ ।

शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली माथी सुनियोजित रुपमा हमला गर्न खोजिएको भन्दै घटनाप्रति दुवै संगठनले घोर विरोध र भर्सना गरेको जनाएका छन् ।

पार्टीको कार्यक्रमका लागि गृह जिल्ला झापा हुँदै तेह्रथुम जाने क्रममा नारा जुलुस लगाई ढुंगामुढा प्रहार गरी ओलीमाथि हमला गर्न खोजिएको विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ओलीमाथि हमला गर्नेलाई छानविन गरि कारबाहीको दायरामा ल्याउन विज्ञप्तिमार्फन जोडदार माग गरिएको छ ।