
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अल्मेरियालाई हराएको छ ।
शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ ले हराएको हो ।
रियलका करिम बेन्जिमाले ह्याट्रिक गर्दा रोड्रिगोले एक गोल थपे । अल्मेरियाका लाजारो र लुकासले एक एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाए । ४२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै रियललाई ३–० को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा लाजारोले गोल गर्दै अल्मेरियालाई ३–१ को स्थितिमा ल्याए । ४७ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६१ औं मिनेटमा अल्मेरियाका लुकासले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए । त्यसपछि बाँकी समयमा थप गोल हुन नसकेपछि रियल ४–२ले विजयी भयो ।
जितसँगै रियल ३२ खेलमा ६८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित अल्मेरिया ३३ अंक जोडेर १५ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्