
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
आइतबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, पहाडी भू-भागका र तराईका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।
आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने छ । त्यस्तै, पहाडी भू-भागका तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्