
काठमाडौं । पाँचथरमा चट्याङ लागेर एकै समुहले पाल्दै आएका ५४ वटा भेडा मरेका छन् ।
जिल्लाको फालेलुङ गाउँपालिका–३ देउराली भन्ने स्थानमा शनिबार दिउँसो ओत लागेका भेडाहरुमाथि चट्याङ परेको हो ।
स्थानीय प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा चट्याङ लागेका मरेका हुन् । यस्तै, चट्याङ लागेर घाइते भएका १२ वटा भेडा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भेडाको गोठालो गर्दै आएका याङवरक गाउँपालिका–३ का ५५ वर्षीय प्रेम राई पनि घाइते भएका छन् । उनको शरीरको दायाँ भाग नचलेको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
सो समूहले एउटै गोठमा १३० भन्दा बढी भेडा पाल्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्