
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ ।
आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो ।
उहाँबीच अहिले राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित हुनुभए पछि लामिछाने पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न जानु भएको हो ।
प्रतिक्रिया दिनुहोस्