५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अभिनेत्री सोनम कपुर चार्ल्सको राज्याभिषेक समारोहमा सहभागी हुने


3.64k
Shares

एजेन्सी । भारतीय अभिनेत्री सोनम कपुरले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा प्रस्तुति दिने भएकी छिन् ।

चार्ल्सको बेलायतको वेस्टमिनिष्टर एबेमा मे ६ मा राज्याभिषेक हुन गइरहेको छ । यसपछि, चार्ल्स आधिकारिक रूपमा बेलायतको राजा हुनेछन् ।

बेलायतमा करिब एक सातासम्म राज्याभिषेक समारोह मनाइने छ । यस अवसरमा मे ७ मा अभिनेत्री सोनम पनि राज्याभिषेकको समारोहमा सहभागी हुने भएकी छिन् ।

समारोहमा सोनमसँगै टम क्रुज र म्युजिकल ग्रुप द पुसिक्याट डल्सले पनि आफ्नो प्रस्तुति दिनेछन् । सोनमले कमनवेल्थको भर्चुअल गायकको छोटो भाषामा परिचय दिनेछिन् ।

यसअघि सन् १९५३ मा बेलायतकी महारानी र चार्ल्सको आमा महारानी एलिजाबेथको राज्याभिषेक गरिएको थियो । उनको निधनको करिब आठ महिनापछि किङ चार्ल्स बेलायतको सिंहासन सम्हाल्नेछन् । चार्ल्स बेलायतको ४० औं राजा हुन लागेका हुन् ।

हाल सोनम पति आनन्द आहुजा र छोरा वायुसँग बेलायतमा बस्दै आएकी छिन् । सोनम पहिलो पटक ब्रिटिस राज घरानाको कुनै पनि शाही कार्यक्रममा सहभागी हुनेछिन् ।

राज्याभिषेक समारोहमा विश्वका दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ ।