१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बढ्यो सुनचाँदीको मूल्य


3.211k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ सय रूपैयाँले बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ५ रूपैयाँले बढेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।