१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री प्रचण्डद्वारा रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह


3.276k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।

वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि सभापति लामिछानेले पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन पनि आग्रह गर्नुभएको थियाे ।

सभापति लामिछानेले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताउनु भएको बुझिएको छ ।

रास्वपाले सरकारमा जाने नजाने विषयमा औपचारिक निर्णय लिन भोलि सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।