२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


वीर अस्पतालकी नर्स झुण्डिएको अवस्था मृत फेला


4.511k
Shares

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक जना नर्स बालाजुमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा फेला परेकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे हाे । नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले बताएकाे हाे ।

परिसरको टोली घटनास्थल पुगेको छ । डा. ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत हुनुहुन्छ।

घटनाकाे थप विवरण भने आउन बाँकी छ ।