१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सलमान खानको चाहाना – पति होइन् पिता बन्ने


3.081k
Shares

एजेन्सी । भारतीय अभिनेता सलमान खानले पति नभएर पिता बन्न चाहेको बताएका छन् ।

सलमान रजत शर्माको चर्चित शो आप की अदालतको हिस्सा बनेका थिए । यस क्रममा सलमानले यस्तो बताएका हुन् ।

आफूले बालबालिकालाई असाध्यै माया गर्ने र एक पटक बच्चा जन्माउने बारेमा समेत सोचेको तर, भारतको कानूनले त्यो सम्भव नभएको सलमानले खुलासा गरेका छन् ।

उक्त कार्यक्रममा सलमानले फिल्म निर्माता करण जोहर दुई सन्तानको बाबु बनेको कुरा गर्दै भने, ‘मैले पनि त्यही प्रयास गरेको थिएँ तर, अहिले कानून फेरिएको छ ।’

आफ्नो विवाहको योजनाको बारेमा कुरा गर्दै सलमानले भने, ‘ममाथि धेरै दबाब छ । म ५७ वर्षको भएँ, जोसँग विवाह भएपनि एउटा मात्र हुनुपर्छ र त्यो अन्तिम हुनुपर्छ ।’

हालै सलमानको फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज भएको थियो । यो फिल्ममार्फत सलमानले चार वर्षको अन्तरालपछि बक्स अफिसमा कमब्याक गरेका थिए ।

फिल्मले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । यद्यपि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।