८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकामा बज्रयान महाविहारमा चर्या नृत्य (तस्बिरहरु)


741
Shares

काठमाडौं । अमेरिकाको पहिलो नेपाली बज्रयान महाविहारमा चर्या नृत्य सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नृत्य दिवसको अवसरमा नृत्य मण्डला महाविहार, पोर्टल्याण्डमा नेपालको प्राचिन मौलिक गुह्य चर्या नृत्य प्रदर्शन गरेको हो ।

रक्तगणेश, बज्रसत्व, आर्यतारा, नाटे्श्वर र नैरात्मे लगायतका चर्या नृत्यहरु चर्या कलाकारहरुले प्रस्तुत गरेका थिए । तन्त्रमा आधारित चर्या नृत्य बज्रयान बौद्ध धर्मको अभिन्न अंग हो ।

बज्रयान बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन ३ सय ५० वर्षपछि अमेरिकाको पोर्टल्याण्डमा पहिलो पटक नृत्य मण्डला महाविहार स्थापना गरेर बज्रयान बौद्ध धर्म, कला तथा संस्कृतिको अभ्यास र साधना हुँदै आएको छ ।

महाविहारका प्रमुख एवं नृत्य गुरु प्रज्वलरत्न वज्राचार्यले नेपालमा विहार र महाविहारहरुमा मात्र सीमित भएको चर्या नृत्यलाई विश्वमा प्रर्वद्धन गरिरहेको बताउनुभयो ।