
काठमाडौं । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ ।
कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अवधिमा सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु. १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको छ ।
गत आवको सोही अवधिमा पाँच लाख २१ हजार आठ सय ४३ जना पर्यटकमार्फत रु. आठ करोड ६३ लाख नौ हजार सात सय ७० आम्दानी भएको थियो ।
चिडियाखानामा प्रत्येक दिन औसतमा पाँच हजारदेखि छ हजार आन्तरिक तथा विदेशी पर्यटक आउने गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्