२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

बारामा उपेन्द्र यादवलाई दुई सय केजीको माला


351
Shares

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीका तर्फबाट कलैया उपमहानगरपालिका रहेका सदस्यहरुले दुई सय केजीको माला लगाइदिएका छन् ।

आइतवार उपमहानगरपालिका रहेका सदस्यहरुले माला र राजाहरुले लाउने जस्तै चाँदीको मुकुट र पहिराइदिएर यादवलाई स्वागत गरेका हुन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवलाई सम्मान गर्न कार्यकर्ताहरुले यादवलाई बधाई दिन हात्तीसहितको जुलुस पनि निकालेका छन् ।

बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी अध्यक्ष यादव यतिबेला निर्वाचन क्षेत्रमै केन्द्रित छन् ।